१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २५ आइतबार
  • Wednesday, 13 November, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ कार्तिक २५ आइतबार १२:१६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

स्मार्टच्वाइस टेक्नोलोजिज् र स्मार्टकार्डबिच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक २५ आइतबार १२:१६:oo

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज् लिमिटेड र भुक्तानी सेवा प्रदायक संस्था स्मार्टकार्ड नेपालबिच ‘स्मार्ट क्युआर’मार्फत भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौतापश्चात् माईपे वालेट प्रयोगकर्ताले स्मार्ट क्युआरमार्फत आफ्नो वालेट लोड गर्न मिल्ने र मर्चेन्टहरूलाई भुक्तानी गर्न मिल्नुका साथै विभिन्न व्यापार–व्यवसायमा संलग्न व्यवसायीहरूले क्युआरमार्फत भुक्तानी लिनलाई स्मार्ट क्युआरको सुविधा पनि लिन सक्नेछन् ।

क्युआर कोडका लागि प्रचलित अन्तर्राष्ट्रिय मापदण्ड इएमभि स्ट्यान्डर्ड पालना गर्दै नेपाल क्युआर स्ट्यान्डर्डअन्तर्गत जारी हुने स्मार्ट क्युआर नेपालको पहिलो इन्टरअपरेबल क्युआर कोड हो । स्मार्टच्वाइस टेक्नोलोजिज् लिमिटेडको कार्यालयमा आयोजित कार्यक्रममा एसटिसीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे माईपेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले सेवा सञ्चालन सम्झौतामा हस्ताक्षर गरे । 

स्मार्ट क्युआरमार्फत हुने कारोबारबापतको रकम मर्चेन्टको खातामा तत्कालै फर्स्याेट हुने भएकाले यस सेवाको सुरुवातपश्चात् माईपे वालेटका प्रयोगकर्तालगायत मर्चेन्टहरूलाई कारोबार गर्न झनै सजिलो हुने विश्वास रहेको छ ।