१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २० मंगलबार
  • Tuesday, 05 November, 2024
२o८१ कार्तिक २० मंगलबार १२:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

म्याद थप भए लामिछानेलाई रुपन्देही लैजाने तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक २० मंगलबार १२:२७:oo

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका लागि कास्की प्रहरी हिरासतमा रहेका रवि लामिछानेलाई प्रहरीले मंगलबार म्याद थप भएमा रुपन्देही पठाउने तयारी गरेको जनाइएकाे छ । यसबारे कास्की प्रहरीले भने केही बताउन चाहेको छैन। रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम गोर्खा मिडियामा लगेर खर्च भएको सम्बन्धमा बयानसँगै अनुसन्धानका लागि लामिछानेलाई लैजाने तयारी भएको हो। लामिछानेलाई रुपन्देही पठाइदिन रुपन्देही प्रहरीले कास्की प्रहरीलाई पत्राचारसमेत गरिसकेको बताइन्छ।

आज म्याद थप भएमा बिहीबार लामिछानेलाई रुपन्देही पठाउने तयारी कास्की प्रहरीले गरेको बुझिएको छ। त्यसअघि ८ कात्तिकमा रुपन्देही जिल्ला अदालतले लामिछानेसँगै १२ जनाविरुद्ध पक्राउ पुर्जीसमेत जारी गरिसकेको छ। सुप्रिमको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडियामा गएको समितिको प्रतिवेदनमा उल्लेख छ। 

यसअघि जोशीलाई रुपन्देही प्रहरीले बुटवलस्थित सुप्रिम बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम दुरुपयोगसम्बन्धी बयानका लागि ५ गते रुपन्देही लगेर बयान लिएको थियो । बयान सकिएसँगै जोशीलाई ७ गते पोखरा ल्याइएको थियो ।