१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २० मंगलबार
  • Tuesday, 05 November, 2024
सौरभ यादव राजविराज
२o८१ कार्तिक २० मंगलबार १३:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्वास्थ्यमन्त्री पौडेलद्वारा रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान निरीक्षण

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ कार्तिक २० मंगलबार १३:२५:oo

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान देशकै गौरवको योजना रहेको बताएका छन्। मंगलबार प्रतिष्ठानको जग्गा निरीक्षण गर्ने क्रममा उनले यस्तो बताएका हुन्।

इआइए रिपोर्ट स्वास्थ्य मन्त्रालयबाट वन मन्त्रालयमा गइसकेको र त्यहाँबाट पास भएपछि पूर्वाधार निर्माणका लागि टेन्डर गरी छिटो प्रतिष्ठान निर्माणको कार्य अघि बढ्ने मन्त्री पौडेलको भनाइ छ।

१६ पुस ०७५ मा नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो। २२ असार ०७८ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिष्ठानको भवन निर्माणकार्यको भर्चुअल माध्यमबाट शिलान्यास गरेका थिए। यद्यपि, अहिलेसम्म डिपिआर निर्माणबाहेक अन्य काम भएको छैन। 

राजविराज नगरपालिका– १० मा बन्ने प्रतिष्ठानलाई ३० वर्षका लागि ६२ बिघा जग्गा नगरपालिकाले उपलब्ध गराएको छ ।