इजरायली सेना (आइडिएफ)ले सोमबार सिरियामा रहेको हिजबुल्लाहको गुप्तचर मुख्यालयलाई निशाना बनाएर आक्रमण गरेको छ । सामाजिक सञ्जाल एक्समा एउटा पोस्ट साझा गर्दै आइडिएफले भन्यो, ‘आइडिएफले सिरियामा हिजबुल्लाहको गुप्तचर मुख्यालयसँग सम्बन्धित आतंककारी लक्ष्यहरूमा हवाई आक्रमण गरेको थियो।’
यसअघि, इजरायली सेनाहरू इरानी एजेन्टहरूसँग काम गरिरहेका आतंककारी कार्यकर्तालाई पक्राउ गर्न सिरियामा प्रवेश गरेका आइडिएफले आइतबार साँझ खुलासा गरेको थियो।
एलिट एगोज कमान्डाे युनिटका सैनिकहरूले दक्षिणी सहर सैदामा बस्ने सिरियाली नागरिक अली सुलेमान अल–आदीलाई पक्राउ गरेका छन् । आइडिएफका अनुसार, अल–आदीले भविष्यको आतंकवादी गतिविधिका लागि सीमामा रहेर इजरायली सेनाबारे खुफिया जानकारी संकलन गरेका थिए । आइडिएफले अल–आदवास निगरानीमा रहेको र अहिले सोधपुछका लागि इजरायलमा रहेको बताएको छ।
आइडिएफले अल–आदीको फुटेज पनि जारी गरेको छ जसमा उनले सोधपुछकर्ताहरूलाई आफूलाई इरानले कसरी भर्ती गरेको थियो भनेर बताएका छन् । हालैका दिनहरूमा अक्टोबर २६ मा इजरायली वायुसेनाले सैन्य आधार र हवाई रक्षा प्रणालीहरूमा आक्रमण गरेपछि इरानी अधिकारीहरूले आक्रमणबारे आफ्नो बयानबाजी बढाएका छन्।