१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २० मंगलबार
  • Tuesday, 05 November, 2024
२o८१ कार्तिक २० मंगलबार १३:२४:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

गजल मञ्च चितवनमा रामकृष्ण अनायासको नेतृत्व 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक २० मंगलबार १३:२४:oo

गजल मञ्च चितवनको नेतृत्व युवा गजलकार रामकृष्ण अनायासले लिएका छन् । सगुन पार्टी प्यालेस भरतपुरमा सोमबार लेखराम सापकोटाको अध्यक्षतामा सम्पन्न नवौँ अधिवेशनले अनायासलाई अध्यक्ष पदमा निर्विरोध चयन गरेको हो ।

मञ्चको उपाध्यक्षमा कमल अर्याल, सचिवमा प्रमिला सानु, सहसचिवमा सिम्रन क्षेत्री र कोषाध्यक्षमा सरस्वती पौडेल चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा सुमन अविरत, जीवन सुवेदी र समिता पौडेल न्यौपाने चयन भए ।

पूर्वअध्यक्षहरू किसान प्रेमी संयोजक तथा रमेश प्रभात र प्रभाकर पण्डित सदस्य रहेको निर्वाचन समितिले अनायासको नेतृत्वमा ८ सदस्यीय कार्यसमिति निर्माण गरेको हो । बाँकी सदस्यलाई आगामी बैठकमा थप गरिने नवनिर्वाचित अध्यक्ष अनायासले बताए । आफ्नो कार्यकालमा चितवनमा राष्ट्रिय स्तरका गतिविधि गर्ने र यहाँ बसेर गजल लेखिरहेका स्रष्टालाई एकीकृत गरी गजलका कार्यक्रमहरू गरिरहने अनायासले बताए ।