१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १५ बिहीबार
  • Thursday, 31 October, 2024
२o८१ कार्तिक १५ बिहीबार o८:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

२५ दिनमा गढीमाई मन्दिरबाट करिब १० लाख भेटीसँगै गहना संकलन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक १५ बिहीबार o८:५o:oo

भेटीकाे साथमा सुनको सात थान र चाँदीका २६ थान गरगहना पनि दानपेटिकाबाट संकलन

बाराको महागढीमाई नगरपालिका बरियारपुरमा रहेको गढीमाई मन्दिरमा भक्तजनहरूले चढाएको भेटी गणना कार्य पूरा भएको छ । मन्दिरपरिसरमा राखिएको दानपेटिकामा भक्तजनहरूले दान गरेको नगद र जिन्सी तीन दिन लगाएर गणना कार्य सम्पन्न गरिएको हो ।

महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रप्रसाद यादवले यसक्रममा सात लाख ३५ हजार रुपैयाँ भेटी संकलन भएको जानकारी दिए । मन्दिरपरिसरमा राखिएको चारवटा दानपेटिकाबाट २५ दिनमा सात लाख ३५ हजार ३४१ रुपैयाँ दान संकलन भएको हो ।

यसैगरी, मन्दिर व्यवस्थापन समितिको नगदी रसिदमार्फत दुई लाख ३१ हजार ७२ रुपैयाँ नगद पनि संकलन भएको छ । दानपेटिका र रसिदबाट कुल नौ लाख ६६ हजार ४१३ रुपैयाँ भेटी संकलन भएको नगरप्रमुख यादवले जानकारी दिए । 

नगरप्रमुख यादवका अनुसार नगद र भेटीका साथै सुनको सात थान र चाँदीका २६ थान गहना पनि दानपेटिकाबाट संकलन गरिएको छ । घटस्थापनाको दिनदेखि कात्तिक ११ गतेसम्ममा गढीमाई मन्दिर दर्शनका लागि आएका भक्तजनहरूले दान गरेको भेटी र जिन्सीको गणना भएको हो ।

संकलित भेटी गढीमाई विकास कोषमा जम्मा हुनेछ । उक्त रकम मन्दिरको संरक्षण, व्यवस्थापनमा खर्च गरिनेछ ।