१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १५ बिहीबार
  • Thursday, 31 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक १५ बिहीबार १o:४o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मुनलाइट हाइड्रोले आइपिओ ल्याउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक १५ बिहीबार १o:४o:oo

मुनलाइट हाइड्रोपावर कम्पनीको आइपिओ निष्कासन लक्ष्मी सन्राइज क्यापिटलले गर्ने भएको छ । मुनलाइटले प्रतिकित्ता १०० अंकित दरका एक अर्ब ७६ करोड १० लाख पाँच हजार रुपैयाँबराबरको एक करोड ७६ लाख १० हजार ५० कित्ता आइपिओ जारी गर्दै छ । आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज नियुक्त भएको छ । 

सम्झौतामा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विजयलाल श्रेष्ठ र मुनलाइटका सिइओ अनन्त कार्कीले हस्ताक्षर गरेका हुन् । मुनलाइटले सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा रहेको २२.१४ मेगावाट क्षमताको बलेफी–ए जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छ ।