१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १५ बिहीबार
  • Thursday, 31 October, 2024
२o८१ कार्तिक १५ बिहीबार १३:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महाकवि देवकोटाको ११६औँ जन्मजयन्तीको अवसरमा जितपुरसिमरा १६ले गर्‍यो सालिक अनावरण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक १५ बिहीबार १३:२८:oo

जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ नमुना चोकमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिक अनावरण गरिएको छ। महाकवि देवकोटाको ११६औँ जन्मजयन्तीको अवसर पारेर सालिक अनावरण गरिएको हो।

जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ को सहयोगमा निर्माण भएको उक्त सालिकको बारा क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री ज्वालाकुमारी साहले अनावरण गरेकी हुन्। सालिक अनावरण भएसँगै नमुना चोकलाई देवकोटा चोकको रूपमा घोषणा गरिएको छ।

वडाध्यक्ष हरिदेव खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरी, जितपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारी, सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर बस्नेत, नेकपा एमाले बाराका सचिव सृजन बजगाईं,  साहित्यकार हृदयनारायण चौधरी, वडा नम्बर १२ का वडाध्यक्ष श्यामबाबु खाँ, वडा नम्बर १३ का वडाध्यक्ष हेमनारायण चौधरी, वडा नम्बर १८ का वडाध्यक्ष चतुरबाबु वाग्ले, जितपुरसिमरा १६ का पूर्ववडाध्यक्ष केदारनाथ बजगाईं, शिक्षक एवं साहित्यकार रामप्रसाद अधिकारी, राधेश्याम सिवाकोटी, अनिल मैनाली, राजु अधिकारीलगायतको उपस्थिति रहेको थियो।

स्थानीय नवराज रिमालको अध्यक्षतामा गठित उपभोक्ता समितिमार्फत महाकवि देवकोटाको सालिक निर्माण भएको हो। सालिक अनावरण कार्यक्रममा स्थानीय युवा साहित्यकार अविनाश सापकोटाद्वारा लिखित गजलसंग्रह अग्राखको लोकार्पणसमेत गरिएको थियो।

कार्यक्रममा साहित्यिक स्रष्टा र विद्यार्थीले आफ्नो रचना प्रस्तुत गरेका थिए। कार्यक्रममा सहभागी विद्यार्थीलाई वडा कार्यालयद्वारा सम्मान गरिएको थियो।