१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १५ बिहीबार
  • Thursday, 31 October, 2024
२o८१ कार्तिक १५ बिहीबार १४:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अखाद्य मिठाई बेच्ने दुईजना प्रशासनको नियन्त्रणमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक १५ बिहीबार १४:११:oo

अखाद्य मिठाई बेच्ने दुई जनालाई प्रशासनले नियन्त्रणमा लिएको छ । जिल्ला प्रशासन कार्यालय बारा र इलाका प्रशासन कार्यालय सिमराको टोलीले गुणस्तरहीन खाद्यान्न बिक्री गर्ने बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरा चोकमा रहेको ‘सिमरा मिठाई भण्डार’ बाट दुई जनालाई नियन्त्रणमा लिएको हो । 

तिहार नजिकिएपछि जिल्ला प्रशासन कार्यालय बाराको अनुगमन टोलीले जिल्लाका बिभिन्न स्थानमा अनुगमन गर्ने क्रममा भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएको अखाद्य वस्तु प्रयोग गरी बनाएको तथा प्रदूषित देखिएका तिन सय सत्त्र किलो मिठाइसहित संचालक प्रसौनी गाउँपालिका–२ का २० वर्षीय अशोक कुमार कुशवाहा र सहसंचालक भारत घर भएका २२ वर्षीय आतिस कुमार कुशवाहालाई नियन्त्रणमा लिएको हो । 

जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर २ स्थित सिमरा मिठाई भण्डारको अनुगमनका क्रममा अखाद्य वस्तु बिक्री वितरण गरेको पाइएको थियो । उक्त पसलले अखाद्य वस्तु बिक्री वितरण गरिरहेको सूचना आएपछि बजार अनुगमनमा पुगेको इलाका प्रशासन कार्यालय सिमराका प्रमुख तेजराज शर्माले बताए ।

‘पसलमा बिक्रीमा राखिएको केहीपनी स्वच्छ पाइएन । मिठाईमा प्रयोग भएका कच्चा पदार्थ अखाद्य पाइयो,’ शर्माले भने, ‘अनुगमनका क्रममा नेपालभन्दा बाहिरबाट अवैध रुपमा भित्र्याइएको अखाद्य वस्तु प्रयोग गरी बनाएको तथा प्रदुषित देखियो ।’

अनुगमन टोलीले मिठाई भण्डारले बिक्रीका लागि भण्डारण गरेको लाल मोहन, रसबरी, रातो चमचम, सेतो चमचमलगायतका मिठाई समेत नियन्त्रणमा लिएको खाद्य तथा गुणनियन्त्रण विभाग विरगंज, पर्साले जनाएको छ । 

बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालय र खाद्य तथा गुण नियन्त्रण विभागका कर्मचारी, प्रहरी, स्थानीय उपभोक्ताको सहभागिता थियो ।