१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १५ बिहीबार
  • Thursday, 31 October, 2024
नयाँ पत्रिका नवलपरासी
२o८१ कार्तिक १५ बिहीबार १o:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकार छिटोछिटो परिवर्तन हुँदा कानुन निर्माणको काम पनि प्रभावित भयो : उपाध्यक्ष घिमिरे 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नवलपरासी
नयाँ पत्रिका
२o८१ कार्तिक १५ बिहीबार १o:२६:oo

राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले सरकार छिटोछिटो परिवर्तन हुँदा कानुन निर्माणको काम पनि प्रभावित भएको बताएकी छिन् । सुनवल नगरपालिकामा आयोजित कार्यक्रममा बोल्दै उपाध्यक्ष घिमिरेले सरकार र मन्त्री परिवर्तन छिटोछिटो हुँदा विधेयक अघि बढाउनै नसकिएको बताइन् । 

‘व्यवस्थापिकाका तर्फबाट हामीले छिटोछिटो अत्यावश्यक कानुन बनाउनका लागि विधेयक अघि बढाउन सरकारलाई आग्रह गर्छौँ,’ उनले भनिन्,  ‘छिटोछिटो सरकारसँगै मन्त्री परिवर्तन हुँदा विधेयक नै अघि बढ्न सकिरहेका छैनन्, जसले गर्दा अत्यावश्यक कानुन निर्माणको काम पनि प्रभावित बन्न पुगेको छ ।’

संविधानअनुसार बाझिएका कानुनहरू निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउन राष्ट्रिय सभाले पटकपटक ध्यानाकर्षण गराएको चर्चा गर्दै उपाध्यक्ष घिमिरेले संसद्को आगामी हिउँदे अधिवेशनबाट धेरै विधेयक पास हुने उनको विश्वास व्यक्त गरिन् ।

समितिमा अड्किएका विधेयकहरूलाई छिटो टुंगोमा पुर्‍याउनका लागि केही दिन पहिले राष्ट्रिय सभाका अध्यक्ष र आफूले सम्बन्धित समितिका सभापतिहरूसँग छलफल गरेको बताउँदै प्रतिनिधिसभाको तुलनामा राष्ट्रिय सभामा आएका विधेयकहरू छिटो टुंगोमा पुग्दै आएको उनको भनाइ छ । उनले मुलुकमा केही समयदेखि बढिरहेको अराजकताप्रति चिन्ता व्यक्त गर्दै अराजकता सिर्जना गर्ने जो भए पनि कानुनी दायरामा ल्याउन आवश्यक रहेको बताइन् ।

उपाध्यक्ष घिमिरे सुनवल नगरपालिकाको सहयोगमा बाल नगर सञ्जालले आयोजना गरेको दीपावली तथा छठपर्वको शुभकामना आदान–प्रदान कार्यक्रममा सहभागी हुँदै नवलपरासी बर्दघाट सुस्तापूर्वमा पर्ने विनयत्रिवेणी गाउँपालिकास्थित प्रसिद्ध त्रिवेणीधाम र सुस्ता जोड्ने झोलुंगे पुलको अवलोकनसमेत गरिन् । यस अवसरमा स्थानीयवासी र जनप्रतिनिधिले निर्माणाधीन नारायणगढ–बुटवल सडकको काम छिटो सम्पन्न गराउन ध्यानाकर्षणसमेत गराएकी थिइन् ।