१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १५ बिहीबार
  • Thursday, 31 October, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ कार्तिक १५ बिहीबार ११:१४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाल प्रहरीका दुईजना डिआइजी एआइजी बढुवाका लागि सिफारिस

बढुवा सिफारिस हुनेमा बुद्धिराज गुरुङ र केदार ढकाल रहेका छन्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ कार्तिक १५ बिहीबार ११:१४:oo

नेपाल प्रहरीका दुई प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालय बढुवा समितिको सचिवालयको बुधबार राति बसेको बैठकले नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फका दुई डिआइजीलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुनेमा बुद्धिराज गुरुङ र केदार ढकाल रहेका छन्। बढुवा सिफारिस भएका गुरुङ हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल र ढकाल प्रहरी प्रधान कार्यालय नक्सालको प्रशासन विभागमा कार्यरत छन् ।

बढुवा समितिले प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) बमोजिम बढुवाका लागि सिफारिस गरेको समितिका सदस्यसचिव एवं प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।