१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १५ बिहीबार
  • Thursday, 31 October, 2024
२o८१ कार्तिक १५ बिहीबार o८:२२:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

लुम्बिनीका मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा ज्ञवाली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक १५ बिहीबार o८:२२:oo

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको राजनीतिक सल्लाहकारमा बर्दिया गुलरिया नगरपालिका– ४ का लक्ष्मणराज ज्ञवाली नियुक्त भएका छन् । एमाले बर्दिया इन्चार्ज तथा केन्द्रीय सदस्य ज्ञवालीलाई आचार्यले राजनीतिक सल्लाहकारमा नियुक्त गरेका हुन् ।

स्नातकसम्म अध्ययन गरेका ज्ञवालीले यसअघि पशुपति विकास समितिको सदस्य, गुठी संस्थानको अध्यक्ष र मितेरी साहित्यिक पत्रिकाको सम्पादकलगायत विभित्र सामाजिक संघसंस्थामा काम गरेका छन् ।

अनेरास्ववियुको केन्द्रीय सदस्य हुँदै युवा संघको राजनीति गरेका ज्ञवालीले लुम्बिनी प्रदेशलाई सबै हिसाबले सफल बनाउने गरी प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने बताएका छन् ।