प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा लक्ष्मीपूजाको शुभकामना व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमा लेखेका छन्, आज तिहारको लक्ष्मीपूजा ! सबैको घरआँगन उज्यालो होस् ! सबैको परिवारमा सुखशान्ति छाओस् !
सन्देशमा उनले तिहारमा दीपको उज्यालो जगमगाउने र फूलको सुगन्ध फैलने तथा पशुपन्छी र मानवबिचको सम्बन्ध, अनि दाजुभाइ दिदीबहिनीको स्नेह सम्झाउने उल्लेख गरेका छन्।