१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १५ बिहीबार
  • Thursday, 31 October, 2024
२o८१ कार्तिक १५ बिहीबार o८:१६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

लुम्बिनी प्रदेश सरकारका सय दिनका उपलब्धि सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक १५ बिहीबार o८:१६:oo

लुम्बिनी प्रदेशमा चेतनारायण आचार्य नेतृत्वको सरकारले सय दिन पूरा गरेको छ । सय दिनसम्ममा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेका मुख्यमन्त्री आचार्य नेतृत्वको सरकारले सय दिनमा १०१ उपलब्धि हासिल गरेको भन्दै सार्वजनिक गरेको छ ।

बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको उपलब्धिमा नागरिकमा बढ्दै गएको निराशालाई आशामा रूपान्तरण गर्न, प्रदेश सरकारको भूमिकालाई स्थापित गर्न, सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन प्रदेश सरकार सफल भएको दाबी गरिएको छ ।

सय दिनमा सरकारले नीतिगत र कानुनी सुधार, शासकीय सुधार र सुशासन, विकास व्यवस्थापन, वित्तीय प्रबन्ध, शिक्षा, स्वास्थ्यलगायत सामाजिक क्षेत्र, कृषि र स्वरोजगारको क्षेत्र, पर्यटन, संस्कृति र पर्यावरण, सूचना प्रविधिको विकास र प्रयोग, गुनासो व्यवस्थापन, जनतासँगको संवादलगायतलाई प्राथमिकतामा राखेर कामकारबाही गर्दै आएको मुख्यमन्त्री आचार्यले बताए ।

प्रदेशको आन्तरिक आयस्रोत वृद्धि गर्न राजस्वको दायरा फराकिलो बनाउने, आर्थिक अनुशासनलाई कडाइका साथ कार्यान्वयन गर्ने, अघिल्लो वर्षको दायित्व भुक्तानीलाई अघि बढाउने आधार तयार गरिएको मुख्यमन्त्री आचार्यको भनाइ छ ।