नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान संशोधन लोकतन्त्र सुदृढीकरणका लागि भएको बताएका छन् । उनले संविधान संशोधन सबैको सहमतिमा हुने बताए ।
विराटनगर विमानस्थलमा आज पत्रकारहरूसँगको भेटघाटमा वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान संशोधन कुन–कुन विषयमा गर्ने भन्ने सम्बन्धमा बृहत् छलफल गरिने उल्लेख गरे। सहकारी संस्थाहरूको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदनका आधरमा कारबाही प्रक्रिया अघि बढाएको उनले बताए ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘संविधान संशोधन लोकतन्त्र सुदृढीकरणका लागि हो।’ मुलुक अप्ठ्यारो अवस्था तथा चरम संकटमा पुग्दा वर्तमान सत्तागठबन्धन बनेको उनको भनाइ थियो ।