१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १४ बुधबार
  • Wednesday, 30 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक १४ बुधबार १५:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लक्ष्मीपूजादेखि भाइटीकासम्मको मौसम प्रक्षेपण, यी क्षेत्रमा हुनेछ वर्षा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक १४ बुधबार १५:१५:oo

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तिहार अवधिभरको मौसम प्रक्षेपण गरेको छ।

महाशाखाले लक्ष्मीपूजा (१५ कात्तिक), औँसी (१६ कात्तिक), गोवर्द्धन पूजा (१७ कात्तिक) र भाइटीका (१८ कात्तिक)को मौसम आकलन गरेको हो। महाशाखाका अनुसार यी चार दिनमा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

बाँकी भूभागमा मौसम सफा रहने देखिन्छ। उच्च पहाडी तथा हिमाली भू‍भागका थोरै स्थानमा हल्का हिमपातको आकलन पनि गरिएको छ।