१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १४ बुधबार
  • Wednesday, 30 October, 2024
२o८१ कार्तिक १४ बुधबार १३:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रहरीद्वारा भारतबाट ल्याइएको लाखौँको पटाका र विस्फाेटक पदार्थ बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक १४ बुधबार १३:४१:oo

दीपावली तथा छठका निम्ति नेपालमा भित्र्याउँदै गरेको लाखौँको प्रतिबन्धित पटाका र विस्फाेटक पदार्थ बारा प्रहरीले नियन्त्रणमा लिएको छ ।  दीपावली तथा छठपर्वलाई लक्षित गरी जिल्लाको विभिन्न नाकाबाट नेपालतर्फ भित्र्याउँदै गरेको अवस्थामा बारा प्रहरीले ६ लाख एक हजार दुई सय मूल्यबराबरको प्रतिबन्धित पटाका र विस्फाेटक पदार्थ नियन्त्रणमा लिएको हो । 

बारा प्रहरीले जितपुर–सिमरा उपमहानगरपालिका, सिम्रौनगढ, कोल्हवी, महागढीमाई,  नगरपालिका, विश्रामपुर गाउँपालिका, आदर्श कोतवाललगायतका स्थानबाट ठुलो मात्रमा पटका तथा विस्फाेटक पदार्थ बरामद गरिएको बारा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । 

डेढ लाख मूल्यबराबरको पटका तथा विस्फाेटक पदार्थ खाल्टोमा पुरेर नष्ट

बाराको सिम्रौनगढ नगरपालिकास्थित इलाका प्रहरी कार्यालय सिम्रौनगढले विभिन्न समय र मितिमा नियन्त्रणमा लिएको विस्फाेटक पदार्थ (पटाका) नष्ट गरेको छ । प्रहरीले भारतबाट लुकाइछिपाई नेपाल भित्र्याएको विस्फोटक पदार्थ (पटाका) नष्ट गरेको हो । 

इलाका प्रहरी कार्यालयअन्तर्गतका खजानी र बसबरिया नाकाबाट नेपाल भित्र्याइँदै गरेको अवस्थामा प्रहरी निरीक्षक नवीन राईको कमान्डमा गस्तीमा रहेको टोलीले विभिन्न मितिमा बरामद गरेको डेढ लाख रुपैयाँबराबरको विस्फोटक पदार्थ नष्ट गरिएको हो । 

उक्त पटाकाहरूलाई सिम्रौनगढ नगरपालिका– ६ का वडाध्यक्ष नन्दकिशोर, सञ्चारकर्मी रामेश्वर मेहता, उद्योग वाणिज्य संघ सिम्रौनगढका सचिव हरेन्द्र महतोलगायतको उपस्थितिमा इलाका प्रहरी कार्यालय सिम्रौनगढको प्रांगणमा खाल्डो खनी पुरेर नष्ट पारिएको हो । 

छिमेकी मुलुक भारतको बिहार राज्यसँग जोडिएको बारा, पर्सालगायत मधेश प्रदेशमा खुल्ला सीमानाकाबाट ठुलो परिमाणमा पटका तथा विस्फाेटक पदार्थ प्रत्यक वर्ष यसरी नै नेपाल भित्रिने गर्दछ । पटाकालगायत विस्फाेटक र प्रज्ज्वलनशील पदार्थ पड्काउन प्रतिबन्ध लगाइएको भए पनि मधेश प्रदेशमा खुलेआम बिक्री–वितरण हुने गरेको छ ।