१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १४ बुधबार
  • Wednesday, 30 October, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ कार्तिक १४ बुधबार १३:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बन्चरेडाँडामा बढ्यो फोहाेर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक १४ बुधबार १३:११:oo

नदीजन्य फोहाेर बढ्दा बन्चरेडाँडामा व्यवस्थापन गरिने फोहाेरको मात्रा बढेको छ । काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका अनुसार काठमाडौं उपत्यकाको फोहाेर व्यवस्थापनस्थल बन्चरेडाँडामा बाढीले ल्याएको फोहाेर पनि विसर्जन गर्नुपरेको हो ।  दैनिक लगिने फोहाेर निकै बढेको छ । 

यसअघि उपत्यकाका १८ स्थानीय तहको फोहाेर विसर्जनमा दुई सय गाडी प्रयोग हुँदै आएकामा असोज १२ को वर्षापछि  दैनिक तीन सय गाडी उपयोग हुँदै आएका छन् । हाल दैनिक रूपमा एक हजार ६ सय मेट्रिक टन फोहाेर व्यवस्थापन भइरहेको छ । 

साबिकको सिसडोलमा व्यवस्थापन हुँदै आएको फोहाेर उक्त स्थान भरिएपछि विगत दुई वर्षदेखि अन्तिम फोहाेर व्यवस्थापनस्थलका रूपमा बन्चरेडाँडालाई गरिँदै आएको छ। यसरी उपत्यकामा उत्पादन भएको सबै फोहाेर व्यवस्थापन गर्दा उक्त स्थानको आयु घट्ने भन्दै कामपाले स्रोतमा नै फोहाेर व्यवस्थापन गर्नुपर्नेमा जोड दिएको छ। 

‘पुनः प्रयोग गर्न सकिने फोहाेर पनि बन्चरेडाँडामै पुगेको छ। कुहिएर मल हुने कच्चा पदार्थ पनि त्यही लगिन्छ । उत्पादन भएकै ठाउँमा बेच्न मिल्ने सामान पनि फोहाेर बनाएर बन्चरेडाँडामा नै लगिएको छ। यसलाई रोक्न सके मात्र पनि बन्चरेडाँडाको आयु बढाउन सकिन्छ,’ वातावरण प्रमुख सरिता राई बताउँछन् ।