१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १४ बुधबार
  • Wednesday, 30 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक १४ बुधबार १४:५२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

तिहारको उपलक्ष्यमा सानिमा बैंकका ग्राहकलाई बिग मार्टमा छुटको व्यवस्था

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक १४ बुधबार १४:५२:oo

सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बिगमार्ट (मेगा मार्ट प्रालि)सँग छुटको व्यवस्था गरेको छ।

उक्त व्यवस्थाअन्तर्गत सानिमा भिसा डेबिट–क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत वा रु. २०० सम्म छुट प्राप्त गर्न सक्नेछन्। यो अफर कात्तिक १५ देखि कात्तिक १८ सम्म लागू रहने बैंकले जनाएको छ।

सानिमा बैंकका देशको सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा एटिएम सञ्चालनमा रहेका छन्। बैंकले यसैगरी ग्राहकलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ। छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध छ।