१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १४ बुधबार
  • Wednesday, 30 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक १४ बुधबार १२:o८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेपाल बैंकको ब्रान्ड एम्बास्डरमा महावीर पुनको निरन्तरता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक १४ बुधबार १२:o८:oo

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ब्रान्ड एम्बास्डरमा डा. महावीर पुनलाई पुनः नियुक्त गरेको छ। २०७६ सालदेखि नेपाल बैंकको ब्रान्ड एम्बास्डरमा नियुक्त भएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. पुनसँगको सम्झौता अवधि पुनः एक वर्ष थप गरिएको बैंकले जनाएको छ।

२०८१ कात्तिक १२ गते नेपाल बैंक लिमिटेड, प्रधान कार्यालय, काठमाडौंमा आयोजित एक समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय र डा. महावीर पुनबिच उक्त ब्रान्ड एम्बास्डर नवीकरणसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो। उक्त कार्यक्रममा एम्बास्डर नियुक्त डा. पुनले नेपाल बैंकजस्तो नेपालको बैंकिङ क्षेत्रको गौरवमय इतिहास बोकेको संस्थामा ब्रान्ड एम्बास्डरको रूपमा पुनः नियुक्त हुन पाएकोमा खुसी व्यक्त गरे।

त्यसैगरी, प्रमुख कार्यकारी अधिकृत पाण्डेयले डा. पुनजस्तो विशिष्ट व्यक्तित्व साथै आमनेपालीको प्रेरणाको स्राेतलाई नेपाल बैंकको ब्रान्ड एम्बास्डरको रूपमा निरन्तरता दिन पाउनु आफैँमा गर्वको विषय भएको बताए।