१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १४ बुधबार
  • Wednesday, 30 October, 2024
वासिङ्टन डिसी
२o८१ कार्तिक १४ बुधबार १o:५१:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

१० हजार उत्तर कोरियाली सेना युक्रेनमा तैनाथ हुन सक्छ : पेन्टागन

Read Time : < 1 मिनेट
वासिङ्टन डिसी
नयाँ पत्रिका
२o८१ कार्तिक १४ बुधबार १o:५१:oo

उत्तर कोरियाले आफ्ना १० हजार सेना रुसमा तालिम लिन र लड्न पठाएको पेन्टागनले बताएको छ । ती सैनिक आगामी केही हप्ताभित्रै युक्रेनी युद्धमैदानमा पठाईने गुप्तचर जानकारी प्राप्त गरेको पेन्टागनले बताएको छ । यस कदमले झन्डै तीन वर्षदेखि चलिरहेको युक्रेन युद्धलाई थप तीव्र बनाउने पश्चिमी नेताहरूले चेतावनी दिएका छन् । 

‘केही उत्तर कोरियाली सैनिकहरू युक्रेन युद्धमोर्चानजिक स्थानान्तरण भइसकेको सूचना हामीले पाएका छौँ । उनीहरू सम्भवतः कुर्स्क सीमाक्षेत्रतर्फ अघि बढिरहेका छन् । त्यस भेगमा रुसले युक्रेनी आक्रमणलाई पछाडि धकेल्न संघर्ष गरिरहेको छ,’ पेन्टागनका प्रवक्ता सबरिना सिंहले सोमबार पत्रकारसँगको ब्रिफिङमा भनिन् । 

दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले यस घटनाक्रमले विश्वव्यापी सुरक्षा खतरा निम्त्याएको चेतावनी दिएका छन् । ‘रुस र उत्तर कोरियाबिचको यो अवैध सैन्य साझेदारीले अन्तर्राष्ट्रिय समुदायलाई ठुलो सुरक्षा खतरा निम्त्याउनेछ । यसले हाम्रो राष्ट्रिय सुरक्षामा गम्भीर खतरा निम्त्याउन सक्छ,’ युन सुक–योलले भने ।

पूर्वी दोनेत्स्क क्षेत्रमा कडा रुसी आक्रमण सामना गरिरहेको युक्रेनले आगामी हप्ताको अमेरिकी राष्ट्रपति चुनावमाथि पनि नजर राखिरहेको छ । डोनाल्ड ट्रम्पको सम्भावित जितले उसले पाइरहेको महत्वपूर्ण सैन्य तथा वित्तीय सहयोग कटौती हुनेछ ।