१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १४ बुधबार
  • Wednesday, 30 October, 2024
२o८१ कार्तिक १४ बुधबार १o:५५:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक १४ बुधबार १o:५५:oo

शाकाहारी माझ पछिल्लो समय सेटन परिकार  निकै लोकप्रिय हुँदै छ । यसमा पर्याप्त मात्रामा प्रोटिन पाइन्छ । सामान्यतया यो गहुँको प्रोटिनबाट निर्मित हुन्छ । यसलाई गहुँको मासु, फु, मिल्गोगी, ग्लुटेन मासु वा ग्लुटेन मात्र पनि भनेर चिनिन्छ । झट्ट हेर्दा मासुजस्तै देखिने भएर पनि यस्तो नाम दिइएको हो । 

सेटनबाट मासुका जस्तै परिकार छोइला, साँदेको, चिल्ली, सेकुवा, डामेकोलगायत तयार गरेर पस्कन सकिन्छ । गहुँबाट स्ट्याच छुट्याएर ग्लुटिनबाट मात्र सेटन बनाउने भए तापनि यसको विकल्प तोफु र टेमपे पनि हुन् । जुन भटमासबाट 
बनेका हुन्छन् । 

सेटनबाट कस्ता–कस्ता परिकार ?
सेटनबाट फ्राई, बेक, स्टिम, ग्रिल, ग्रेभी, रोस्ट, बार्बिक्युलगायत धेरै परिकार तयार गर्न सकिन्छ । सेटनबाट बन्ने चिल्ली, छोइला, साँदेको स्टियर फ्राइड पछिल्लो समय नेपाली बजारमा निकै चर्चित छन् । शुद्ध शाकाहारी भिगान परिकारले मनचित्त शुद्द बनाउने हुँदा सेटनबाट बन्ने परिकार धेरैको रोजाइमा पर्छ । सेटन पुलाउ, सेटन बिर्यानी, सेटन ग्रेभी मात्र होइन, सेटन फिस एन्ड चिप्स, सेटन बर्गर, सेटन सेन्डुज, सेटन पिज्जा पनि त्यत्तिकै माग हुन थालेको छ । 

सामान्यतया सेटन तयारी अवस्थामा बजारमा ६ सयदेखि आठ सयसम्ममा किन्न पाइन्छ । यदि आफैँले बनाउने हो भने सेटनका लागि गहुँको ग्लुटेन पिठो लिएर सोया सस, बेकिङ पाउडर, सब्जीबाट बनेको टेस्टिङ मसला, अदुवा, नरिवलको तेल र अन्य स्वादिला मसलाको धुलो हालेर पिठो मुछिन्छ र केही समय पातलो कपडाले छोपेर राख्नुपर्छ । त्यसपछि पानी उमालेर केही समय पकाउने र चिस्याएर आफूले चाहेको साइज र सेभमा काटेर विविध परिकारमा ढाल्न सकिन्छ ।