१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १४ बुधबार
  • Wednesday, 30 October, 2024
२o८१ कार्तिक १४ बुधबार १o:४४:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक १४ बुधबार १o:४४:oo

तिहारमा बिजुलीको खपत बढी हुन्छ । दीपावली मनाउने क्रममा  नेपालमा आगलागीका घटना पनि हुने गरेका छन् । तपाईं–हाम्रै हेलचेक्र्याइँले यस्तो भएको हो । त्यसैले आगलागीबारे निकै सचेत र सावधान हुन जरुरी देखिन्छ । 

आगलागीका कारण 
तिहारमा बढी विद्युतीय बत्ती प्रयोग गर्न थालिएको छ । अन्य समयभन्दा झन्डै दोब्बर विद्युत् खपत हुन्छ । तार र ट्रान्समिटरमा लोड बढी भएपछि आगलागीका घटना निम्तिने गरेका छन् । त्यस्तै, तेल र पालामा बत्ती बाल्दा पनि कैयौँ आगलागीका घटना भएको पाइन्छ । त्यसैले यसबारे सचेत हुन जरुरी छ । 

यसरी ख्याल गर्न सकिन्छ 
दियो बालेपछि सुत्नुअघि निभाउनुपर्छ वा आफ्नो निगरानीमा राख्नुपर्छ । त्यस्तै, विद्युतीय बत्तीको तार सर्ट हुन सक्ने भएकाले ख्याल गर्नुपर्छ । रातिको समयमा सकेसम्म विद्युत्बाट बालिने बत्ती नबाल्दा राम्रो हुन्छ । बत्ती बालेर निगरानी नराख्दा त्यसको कारणले आगलागी भएर धनजनको क्षति हुन सक्छ ।