१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १४ बुधबार
  • Wednesday, 30 October, 2024
२o८१ कार्तिक १४ बुधबार o९:o७:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

२९ तोला सुनसहित बुटवलबाट दुईजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक १४ बुधबार o९:o७:oo

प्रहरीले बुटवल उपमहानगरपालिका– ८ रामनगरस्थित पूर्व–पश्चिम राजमार्गमा एक यात्रुवाहक बस चेकजाँच गर्नेक्रममा २९ तोला सुनसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु वाणगंगा नगरपालिका– ८ बस्ने वर्ष ३३ का अकबर अली मियाँ र अर्घाखाँची सुनचाँदी पसलका सञ्चालक सन्तोष परियार रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार कृष्णनगर कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु.२ख ६५४२ नम्बरको बसमा राजस्व छली गरी अवैध रूपमा सुन ल्याएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो ।

इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रही कार्यालय बुटवल रुपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले बसलाई रोकी चेकजाँच गर्ने क्रममा अन्दाजी ४९ लाख ५४ हजार ८१७ रुपैयाँबराबरको पहेँलो रङको सुनजस्तो देखिने बिस्कुट आकारको धातु बरामद गरेको छ । सुनजस्तो देखिने बिस्कुट आकारको धातु दुई थान रहेको र यसको तौल २९ तोला ५८.१ लाल (३४५.०४ ग्राम) रहेको प्रहरीले जनाएको छ ।