१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १४ बुधबार
  • Wednesday, 30 October, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ कार्तिक १४ बुधबार o८:१९:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सशस्त्र प्रहरीको मनोबल उच्च हुने गरी सरकारले काम गर्छ : प्रधानमन्त्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक १४ बुधबार o८:१९:oo

प्रधानमन्त्री केपी ओलीले सशस्त्र प्रहरी बल नेपालको मौजुदा कानुनलाई समायनाकूल परिमार्जन गर्दै लैजाने जानकारी दिँदै संगठनमा कार्यरत सम्पूर्ण राष्ट्रसेवकको मनोबल उच्च हुने गरी कार्य गर्न सरकार सकारात्मक रहेको बताएका छन् । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित सि.सं. १६ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम समापन कार्यक्रममा मंगलबार उनले बिओपीहरू स्थापना गरेर सीमालाई नियमित गर्न, गैरकानुनी कार्य हुन नदिन सशस्त्र प्रहरी बलले पु¥याएको योगदानको प्रशंसासमेत गरेका छन् । 

जिम्मेवारीका क्षेत्रमा परिचालित हुँदा कुनै प्रकारको डरत्रास, लोभ तथा प्रलोभन र गैरव्यावसायिक क्रियाकलापमा नपरी तालिममा सिकेको सैद्धान्तिक एवं व्यावहारिक ज्ञानलाई व्यवहारमा कुशलतापूर्वक उतार्न उनले निर्देशन दिए । 

गृहमन्त्री रमेश लेखकले राज्यले सुम्पेका जिम्मेवारीलाई सशस्त्र प्रहरी बलले कर्तव्यबोधका साथ आमनागरिकको सेवा सुरक्षामा कटिबद्ध भई लागेको बताउँदै देश र जनताका लागि गरेको त्याग, बलिदान, कर्तव्यपरायणता र लगनशीलता नेपाली जनताले देखेको मात्र नभई प्रत्यक्ष महसुस गरेको बताए । सशस्त्र प्रहरीलाई सीमाको डेडिकेटेड फोर्स बनाउन अन्तर्राष्ट्रिय मापदण्डसहितको थप बिओपीहरूको स्थापना, मौजुदा बिओपीहरूको स्तरवृद्धि गरी संगठनलाई प्रविधिमैत्री एवं चलायमान बनाउनेतर्फ मन्त्रालय प्रयासरत रहेको उनले बताए ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दीक्षित भई जान लागेका अधिकृतमाथि राज्य, संगठन र आमनागरिकले आशा, अपेक्षा, आड र भरोसा गर्ने भएकाले कार्यक्षेत्रमा परिचालित हुँदा कुनै प्रकारको लोभ, मोह, प्रलोभन, बहकाउ वा प्रभावमा नपरी जनसेवामा लाग्ने विश्वास व्यक्त गरे । करिब ५६ हप्ता अवधिको आधारभूत तालिम तीन महिलासहित ४५ जना सशस्त्र प्रहरी निरीक्षकले सफलतापूर्वक सम्पन्न गरेका छन् । तालिममा शारीरिक सहिष्णुतातर्फ प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षक वासुदेव मिश्र र चाँदमारीतर्फ प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षक सुजन पोख्रेल उत्कृष्ट भएका छन् ।