१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ६ मंगलबार
  • Tuesday, 22 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक ६ मंगलबार ११:२२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्यालेक्सी एस–२४ एफई बजारमा, एआईको प्रिमियम अनुभव पाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक ६ मंगलबार ११:२२:oo

सामसङ नेपालले ग्यालेक्सी एस–२४ एफईको लन्च गरेको छ । ग्यालेक्सी एआई इकोसिस्टमको नयाँ सदस्य रहेको यो स्मार्ट फोन प्रयोगकर्ताले प्रिमियम मोबाइल अनुभव प्राप्त गर्नेछन् ।

एआईमा आधारित प्रोभिजुअल इन्जिन र ग्यालेक्सी एआईको फोटो असिस्टको प्रयोगद्वारा ग्यालेक्सी एस–२४ एफईले प्रयोगकर्ताको रचनात्मकतालाई प्रदर्शन गर्ने क्षमता दिने कम्पनीले जनाएको छ । ६.७ इन्चको डायनामिक एमोलेड डिस्प्ले, लामो समयसम्म चल्ने ४७०० एमएएच ब्याट्री र शक्तिशाली एक्सिनो २४०० ई सिरिज चिपसेटका साथमा यो गेमिङका लागि उत्तम उपकरण बनेको कम्पनीको दाबी छ । 

एआई–सञ्चालित क्यामरा इन्जिन, प्रोभिजुअल इन्जिनले क्यामरा सिस्टमका क्षमता अझ धेरै बढाएको छ । एफई सिरिजमा पहिलोपटक आएको प्रोभिजुअल इन्जिनले धेरै सुधारिएको टेक्नोलोजीको सुविधा दिन्छ, जसले आश्चर्यजनक विवरण र उल्लेखनीय रूपमा सूक्ष्म बनावट प्रदान गर्न उन्नत एआई एल्गोरिदमको लाभ उठाउने बताइएको छ । 

ग्यालेक्सी एस–२४ नीलो र ग्रेफाइट रङमा उपलब्ध हुनेछ, जसको मूल्य ९४ हजार नौ सय ९९ बाट सुरु हुनेछ । साथै, ग्राहक देशभरका आधिकारिक सामसङ स्टोरमा उपलब्ध सामसङ इन्स्टा फाइनान्समार्फत शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दीमा समेत यो फोन खरिद गर्न सक्नेछन् ।