१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ६ मंगलबार
  • Tuesday, 22 October, 2024
२o८१ कार्तिक ६ मंगलबार १३:११:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

तेस्रो थाउलु वर्ल्डकपका लागि नेपाली उसु खेलाडीहरूको बिदाइ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक ६ मंगलबार १३:११:oo

जापानको टोकियोस्थित योकोहा सहरमा अक्टोबर २३ देखि २८ सम्म आयोजना हुने तेस्रो थाउलु वर्ल्डकप २०२४ मा सहभागी हुने नेपाली खेलाडी टोलीको बिदाइ गरिएको छ। बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले जितका लागि शुभकामना दिँदै उसु खेलाडीलाई बिदाइ गरेका हुन्।

सो अवसरमा मन्त्री महर्जनले बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालय र खेलकुद विकास परिषद् उसु खेलको समग्र विकासका लागि सहयोग गर्न सदैव तयार रहेको प्रतिबद्धता व्यक्त गरे।

मन्त्री महर्जनले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा खेलाडीहरूलाई सहभागी गराएर खेलमार्फत राष्ट्रको नाम विश्वसामु चिनाउन र पदकसमेत जित्न सफल बनाउन उसु महासंघको महत्त्वपूर्ण योगदान रहेको भन्दै महासंघलाई धन्यवाद दिए।

वर्ल्डकपमा खेलाडीहरू दीपक हमाल, विजय सिँजाली, निमा घर्तीमगर, पासाङ शेर्पा र राजीव तामाङ सहभागी हुनेछन्। नेपाली उसु टोलीको नेतृत्व महासंघका महासचिव ल्हाक्पाछिरिङ लामाले गर्नेछन् भने अन्तर्राष्ट्रिय कोच निकेश श्रेष्ठले टिम कोचको भूमिका निर्वाह गर्ने जनाइएको छ।

वर्ल्डकपमा सहभागी हुन जान लागेका खेलाडीहरू २०२४ अप्रिलमा चीनमा भएको अन्तर्राष्ट्रिय आमन्त्रित उसु प्रतियोगिताबाट छनाेट भएका हुन्। साथै एसियाली राष्ट्रहरूमध्ये यस प्रतियोगितामा नेपालले मात्रै सहभागी हुने अवसर पाएको पनि महासंघका महासचिव लामाले बताए।

बिदाइ कार्यक्रममा नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्रकुमार शेरचन, राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत राष्ट्रिय टिम तयारी निर्देशक दीपक विष्ट, उपनिर्देशक एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठलगायतले खेलाडीहरूलाई जितको शुभकामना दिएका थिए।