१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ६ मंगलबार
  • Tuesday, 22 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक ६ मंगलबार ११:२o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमईद्वारा सौर्य विद्युत् परियोजनामा कर्जा लगानी सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक ६ मंगलबार ११:२o:oo

ग्लोबल आइएमई बैंक लिमिटेड र प्राइम पावर लिमिटेडबिच सौर्य विद्युत् परियोजनामा कर्जा लगानी गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्राइम पावर लिमिटेडका अध्यक्ष आशिष गर्गले हस्ताक्षर गरे । 

समझदारीअनुसार प्राइम पावरले ३० मेगावाट क्षमताको सौर्य विद्युत् परियोजना कपिलवस्तु जिल्लामा निर्माण गरी सञ्चालन गर्नेछ । साथै, अध्यक्ष गर्गले यस परियोजनाद्वारा उत्पादित विद्युत् खरिदका साथै चनौटास्थित सबस्टेसनमार्फत राष्ट्रिय प्रसारणलाइनमा विद्युत् जोड्नका निमित्त नेपाल विद्युत् प्राधिकरणसँग कम्पनीको सम्झौता भइसकेको जानकारी गराए । यस परियोजनामा संलग्न लगानीकर्ता समूहद्वारा विभिन्न पाँच सौर्य परियोजनाअन्तर्गत ५६ मेगावाट कुल जडित क्षमताका आयोजनाहरूमा समेत लगानी रहेको हुँदा यस समूह सौर्य ऊर्जा क्षेत्रमा नेपालकै अग्रणी समूह हो ।   

नेपालमा सञ्चालित सौर्य परियोजनामध्ये उक्त परियोजना सौर्य ऊर्जाअन्तर्गत विद्युत् क्षेत्रको सबैभन्दा ठुलो क्षमताको परियोजना हो । बैंकले नवीकरणीय र हरित ऊर्जा उत्पादन, प्रसारण तथा वितरणमा आफ्नो लगानी प्रवद्र्धन गर्ने उद्देश्यअनुरूप सौर्य तथा जलविद्युत्मा सर्वसुलभ ब्याजदरमा कर्जा लगानी गर्दै आएको छ ।