१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ६ मंगलबार
  • Tuesday, 22 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक ६ मंगलबार ११:१४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पञ्चकन्यालाई ग्रिनप्रो प्रमाणपत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक ६ मंगलबार ११:१४:oo

पञ्चकन्या स्टिल प्रालिको उत्पादन टिएमटी रिब्डबारले सन् २०२४ का लागि सिआइआई ग्रिनप्रो प्रमाणपत्र प्राप्त गरेको छ । नेपालमा यो प्रमाणपत्र पाउने पञ्चकन्या ग्रुप पहिलो उद्योग समूह बनेको कम्पनीले जनाएको छ । 

३० असोजमा भारतको दिल्लीमा आयोजित एक कार्यक्रममा पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्ज्वलकुमार श्रेष्ठले उक्त प्रमाणपत्र ग्रहण गरे । प्रमाणपत्र प्राप्त गर्नु कम्पनीको वातावरणीय स्थिरता र निर्माण क्षेत्रको उत्कृष्टताप्रति प्रतिबद्धताको थप एक महŒवपूर्ण उपलब्धि भएको कम्पनीको भनाइ छ । 

कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सिआइआई) सोराब्जी गोदरेज ग्रिन बिजनेस सेन्टरद्वारा प्रदान गरिएको ग्रिनप्रो प्रमाणपत्रले वातावरण संरक्षणका लागि कडा मापदण्ड पूरा गर्ने उत्पादनलाई मान्यता दिन्छ ।

यो प्रमाणपत्र ग्रहणपश्चात् पञ्चकन्या स्टिलको उच्च गुणस्तर र पर्यावरणमैत्री सामग्री उत्पादन गर्ने प्रतिबद्धतालाई अझ उजागर गरेको बताइएको छ । यसैबिच दिगो विकास र वातावरणप्रति मुख्य ध्यान दिँदै भारत र न्युजिल्यान्डबिच एक सम्झौतापत्रमा हस्ताक्षरसमेत भएको छ ।