१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ३० बुधबार
  • Wednesday, 16 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ३० बुधबार १७:३o:oo
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

समुन्द्र भट्टको ‘गुन्युचोलो’ अमेरिकाको प्रतिष्ठित तस्बिर फिल्म मार्केटमा छनोट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ३० बुधबार १७:३o:oo

लैंगिक अल्पसंख्यक पारलैंगिक पात्रको कथामा बनेको नेपाली फिल्म ‘गुन्युचोलो’ अमेरिकाको प्रतिष्ठित तस्बिर फिल्म मार्केटमा छनोट भएको छ।

समुन्द्र भट्टले निर्देशन गरेको फिल्म अक्टोबर १५ देखि १८ सम्म अमेरिकाको सियाटलमा आयोजना हुने तस्बिर फिल्म मार्केटमा छनोट भएको हो। जहाँ अमेजन एमजिएम स्टुडियो, पिलर्स फन्ड, ब्लमहाउस एचबिओ, सिएए, क्रिएटिभ ल्यान्ड स्टुडियोजस्ता प्रतिष्ठित फिल्म संस्थाहरू सहभागी हुनेछन्।

यस वर्षदेखि फिल्म मार्केट पनि सुरु गर्न लागेको तस्बिर फिल्म मार्केटले दक्षिण एसियाली डायस्पोराका फिल्म निर्माता र सर्जकलाई लक्षित गर्दै उनीहरूलाई फिल्म विकास र वितरणका लागि आवश्यक स्रोतहरू प्रदान गर्ने उद्देश्य राखेको छ।

तस्बिर फिल्म फेस्टिभलका संस्थापक र निर्देशक रीता मेहरले मार्केटको थालनीलाई निकै सकारात्मक मानेकी छिन्। उनले यस फेस्टिभललाई अस्करयोग्य दक्षिण एसियाली फिल्म फेस्टिभलको रूपमा हेर्दै फिल्म निर्माताहरूका लागि महत्त्वपूर्ण अवसर हुने बताएकी छिन्।

फिल्म ‘गुन्युचोलो’मा नाजिर हुसेनको मुख्य भूमिका छ। फिल्ममा उनले पारलैंगिक महिला (ट्रान्सवुमन)को भूमिका निर्वाह गरेका छन्। यो भूमिकालाई नेपाली सिनेमा जगतमा एक साहसी प्रयासको रूपमा हेरिएको छ। 

फिल्ममा नाजिरसहित सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोस, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। यो फिल्म भट्टको दोस्रो निर्देशकीय फिचर हो । यसअघि उनले ‘आधा पेज’ निर्देशन गरेकी थिइन्।

नेपालको पहिलो पूर्ण रूपको ट्रान्स स्टोरीमा निर्मित यस फिल्मको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले किनेको छ। चलचित्रको सम्पूर्ण पोस्ट प्रोडक्सनको काम बाहिर गरिएको हो। चलचित्रको एडिट, कलर, मिक्सिङ, साउन्ड डिजाइनदेखि ब्याकग्राउन्ड म्युजिकसम्मको काम हलिउड शैलीमा बाहिरै गरिएको छ।

यो चलचित्र नेपाली फिल्म प्रोडक्सन हाउस र हलिउड फिल्म प्रोडक्सन हाउसको संयुक्त कोल्याबोरेसनमा बनेको हो। चलचित्रमा आकाश बुढाथोकी र भि–भन्से जानुबोनको लगानी छ। चलचित्रको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् भने अनुपम श्रेष्ठ चलचित्रका सहयोगी निर्माता हुन्।

आलोक शुक्लाले खिचेको चलचित्रमा लेखु सहयात्रीको गीत रचना रहेको छ। यो फिल्मलाई फेस्टिभल सर्किटपछि नेपालमा प्रदर्शन गरिने निर्देशक भट्टले जानकारी दिइन्।