१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ३० बुधबार
  • Wednesday, 16 October, 2024
२o८१ असोज ३० बुधबार १८:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रपति पौडेल सुर्खेतमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ३० बुधबार १८:२७:oo

राष्ट्रपति रामचन्द्र पौडेल बडिमालिका दर्शनका लागि बुधबार सुर्खेत आइपुगेका छन्। राष्ट्रपति पौडेलले बिहीबार बडिमालिका दर्शनका साथै बाजुरास्थित नाट्यश्वरी मन्दिर उद्घाटन गर्ने कार्यक्रम छ।

नेपाली सेनाको हेलिकाेप्टरमार्फत यहाँ आइपुगेका राष्ट्रपति पौडेल आज राति सेनाको उत्तरपश्चिम हेडक्वार्टरमा वास बस्ने नेपाली सेनाले जनाएको छ। उनलाई सुर्खेत विमानस्थलमा कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशी, मुख्यमन्त्री यामलाल कँडेल, नेपाली कांग्रेस उपसभापति एवं पूर्वमन्त्री पूर्णबहादुर खड्कालगायतले स्वागत गरेका थिए। 

राष्ट्रपतिको साथमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसहित १० जना सहभागी छन्।