१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ३० बुधबार
  • Wednesday, 16 October, 2024
२o८१ असोज ३० बुधबार १८:५o:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पाँच देशका खेलाडीको सहभागितामा भैरहवामा क्रिकेट प्रतियोगिता हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ३० बुधबार १८:५o:oo

स्पोर्टस् टुरिजमलाई प्रवर्द्धन गर्ने उद्देश्यले कात्तिक ३ गतेदेखी भैरहवामा बिपी कोइराला स्मृति कप टि–२० अन्तराष्ट्र्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ।

बुधवार भैरहवामा पत्रकार सम्मेलन आयोजना गरी कात्तिक ३ गते देखी १० गतेसम्म सिद्धार्थ रंगशालामा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका टिमहरुको सहभागिता रहने नेक्सेस क्रिकेट एकेडेमीका अध्यक्ष भरतकुमार शाहीले बताए।

बिपी कोइराला स्मृति कप टि–२० क्रिकेट प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको नेक्सेस क्रिकेट एकेडेमीका अध्यक्ष भरतकुमार शाहीले बताए। प्रतियोगिताका लागि एक करोड २० लाख खर्च हुने जनाइएको छ।

विजयी टिमलाई प्रथम पुरस्कार ५ लाख, दोस्रोलाई ३ लाख, म्यान अफ द सिरिजलाई ३५ हजार, बेस्ट बलरलाई २० हजार, म्यान अफ द म्याचलाई ५ हजार प्रदान गरिने छ।