१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ३० बुधबार
  • Wednesday, 16 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ३० बुधबार १७:२१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सिटिजन्स बैंकका ग्राहकलाई एस्थेटिक औरा स्किन एन्ड हेयर क्लिनिकमा विशेष छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ३० बुधबार १७:२१:oo

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बानेश्वरस्थित एस्थेटिक औरा स्किन एन्ड हेयर क्लिनिकबिच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी-पत्रमा हस्ताक्षर भएको छ।

समझदारी-पत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले एस्थेटिक औरा स्किन एन्ड हेयर क्लिनिकमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास लिएको बैंकले जनाएको छ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय-समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ। डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटिएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइबाट करिब १८ लाख ग्राहकवर्गलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।