१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका
२०७६ जेठ १२ आइतबार १२:३७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

संविधान प्रतिकुल विधेयक फिर्ता नलिए कांग्रेसले सडक आन्दोलन गर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ १२ आइतबार १२:३७:००

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले संविधानको प्रतिकूल हुने गरी सरकारले ल्याएको कुनै पनि विधेयक संसदबाट अघि बढाउन नदिने चेतावनी दिएका छन् ।

सरकारले संसदमा पेश गरेको प्रेस स्वतन्त्रता, मानव अधिकार र राष्ट्रिय सुरक्षाजस्तो संवेदनशील विषयमा संविधानको प्रतिकूल हुने गरी आएका विधेयक संसदबाट फिर्ता नभए सडक आन्दोलनमा जान बाध्य हुने उनले बताए । पार्टीको राष्ट्रिय जागरण अभियान अन्तर्गत आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले संविधानको रक्षा गर्न कांग्रेसलाई सडकमा जानुपर्ने बाध्यता प्रधानमन्त्री केपी ओली बनाएको आरोप लगाए । प्रधानमन्त्री ओलीले संसद र जनप्रतिनिधिहरुको अपहेलना गरिरहेको उल्लेख गर्दै त्यसका विरुद्ध पार्टी दृढतापूर्वक खडा हुने उनले बताए । 

खाँणले दुई तिहाई बहुमत प्राप्त प्रधानमन्त्री ओली विनम्र हुनु पर्नेमा संसद र जनप्रतिनिधिहरुप्रति अनुदार हुँदै गएकाले विरोध गर्नु परेको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले बाईडबडी विमान खरिद प्रकरणमा आफ्ना मन्त्रीको संलग्नता नरहेको दावी गरेर भ्रष्टाचारलाई प्रश्रय दिएको प्रमुख सचेतक खाँणको आरोप छ ।