१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o७:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गृहमन्त्री खाँण कमजोर बन्दै, बोहराको मतान्तर बढेर १८३९ पुग्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o७:५८:oo

गृहमन्त्री बालकृष्ण खाँणलाई १८३९ मतान्तरले पछाडि पार्दै राप्रपाका वरिष्ठ नेता दिपक बोहराले आफ्नो अग्रतालाई कायम राखेका छन् । रुपन्देही क्षेत्र नम्बर  ३ मा जनमुक्ती पार्टीको सर्मथनसहित सत्ता गठबन्धनका उम्मेदवार बालकृष्ण खाँणले ३१ हजार ६ मत प्राप्त गर्दा एमाले , राप्रपा र जसपाको तालमेलबाट उम्मेदवार बनेका राप्रपाका वरिष्ठ नेता दिपक बोहराले ३२ हजार ८ सय ४५ मत प्राप्त गरेका छन् । 

सियारी गाउँपालिकाको वडा नम्बर  २,३ र ६ को नौ हजार दुई सय  मत गणना गर्न बाँकी छ । हालसम्म ८४ हजार ७४ मत गणना भएको छ । रुपन्देही क्षेत्र नम्बर  ३ क को मतगणना गर्दा राप्रपाका उमेदवार बोहोराभन्दा अग्रता कायम राखेका खाँण प्रदेस ख को मतगणना सुरु गरेसँगै  कमजोर बन्दै गएका थिए ।

प्रदेश क बाट पाँच सय ५० बढीको मतान्तरमा अगाडि रहेका गृहमन्त्री खाँण  प्रदेश ख को करिब ४० हजार मत गणना गर्दा आफ्नो अग्रतामा रहेको मत गुमाउँदै राप्रपाका उम्मेदवार बोहरा भन्दा एक हजार ८ सय ३९ मतान्तरले पछाडि परे । 
 

ad
ad