Skip This
‘मोहन सर : व्यक्ति र कृति’ प्रकाशित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २० आइतबार
  • Sunday, 06 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज २० आइतबार १८:३७:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

‘मोहन सर : व्यक्ति र कृति’ प्रकाशित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज २० आइतबार १८:३७:oo

सल्यानका एक अद्भूत शिक्षक मोहनसिंह थापाबारे पुस्तक प्रकाशन भएको छ। ‘मोहन सर : व्यक्ति र कृति’ स्मृतिग्रन्थ शनिबार सल्यानमा कर्णाली प्रदेशमन्त्री सुरेश अधिकारीलगायतले विमोचन गरेका हुन्।

विश्व शिक्षक दिवस तथा मोहनसिंह थापाको जन्मदिनको अवसर पारेर मोहन सरको दसौँ स्मृति दिवसपछि पुस्तक लोकार्पण गरिएको हो।

पुस्तकमा ६१ वर्षको उमेरमै दिवंगत मोहन सरबारे ४५ जनाका स्मृति तथा मोहन सरका अप्रकाशित डायरी पनि संगृहित छन्। आजीवन शिक्षण कर्म गरेर पनि स्थायित्व नखोजेका मोहन सर घरमा बिहान सबेरैदेखि राति अबेरसम्म निःशुल्क पढाउँथे।

२०२८ सालको एसएलसीमा जिल्ला प्रथम भएका निम्न वर्गीय परिवारका मोहन सर राजनीतिक पहुँच नपुग्नाले छात्रवृत्तिमा थप पढ्न पाएनन्। उनको कोटा राजनीतिक पहुँचदारले पाएका थिए। आफ्नो शैक्षिक योग्यताभन्दा माथि उनले सल्यान क्याम्पसमा स्नातक तहमा लामो समय पढाए। सर्टिफिकेट नभएको भन्दै सल्यानको पहिलो विद्यालय त्रिभुवन जन माविमा १८ वर्ष पढाए पनि उनी रित्तै हात बिदा भए।

२०४९ मा सल्यानमा पहिलोपटक सल्यान क्याम्पस खुलेपछि उनले सर्टिफिकेटविनै गणित र अर्थशास्त्र पढाए। गाउँ-गाउँबाट सदरमुकाम पढ्न आउनेलाई उनी निःशुल्क डेरा, वास दिन्थे। आजीवन अविवाहित मोहन सरलाई सल्यानी जनता तथा हजारौँ शिष्यहरू हिरो मानेर श्रद्धाले शिर निहुराउँछन्। 

पुस्तकलाई मोहन सरका विद्यार्थी प्रवीण भण्डारी र विमल आचार्यले स्वयंसेवी रूपमा सम्पादन संयोजन गरेका हुन्। प्रकाशन खर्च मोहन सरका भाइ भूपेन्द्र र बहिनी सोबिताले व्यहोरेका छन्। पुस्तक सबैलाई निःशुल्क वितरण गरिएको छ।