Skip This
एकैदिनमा लगभग एक हजार आप्रवासी च्यानल पार गरेर बेलायत प्रवेश
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २० आइतबार
  • Sunday, 06 October, 2024
२o८१ असोज २० आइतबार २o:३२:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

एकैदिनमा लगभग एक हजार आप्रवासी च्यानल पार गरेर बेलायत प्रवेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज २० आइतबार २o:३२:oo

फ्रान्सबाट बेलायत जाने प्रयासमा एकैदिनमा ९७३ आप्रवासीले साना डुंगामार्फत च्यानल पार गरेका छन्। यात्राको क्रममा अन्य चारजनाको मृत्यु भएको बेलायतको गृह मन्त्रालयले आइतबार जनाएको छ। 

मन्त्रालयद्वारा शनिबार प्रकाशित तथ्यांकअनुसार यो संख्या यस वर्षको एकैदिनमा च्यानल पार गर्ने आप्रवासीको सबैभन्दा बढी हो। 

गैरकानुनी रूपमा बेलायत प्रवेश गर्नका लागि ओभरलोड डुंगामा खतरनाक यात्रा गर्दा दुर्घटना भई दुईवर्षीय बालक र तीन वयस्कको मृत्यु भएको हो। यो घटनापछि यस वर्ष च्यानल पार गर्ने प्रयासमा मृत्यु हुने आप्रवासीको संख्या ५१ पुगेको पास–डे–क्यालाइस क्षेत्रका लागि फ्रान्सेली अधिकारी ज्याक बिलान्टले बताए।

बेलायतको गृह मन्त्रालयको तथ्यांकअनुसार सन् २०२४  मा २६ हजार ६०० भन्दा बढी आप्रवासीहरूले साना डुंगामार्फत च्यानल पार गरिसकेका छन्। बेलायतका गृहमन्त्री यभेट कुपरले शनिबार गैरकानुनी रूपमा च्यानल पार गर्ने क्रममा धेरै मानिसहरूले ज्यान गुमाइसकेको बताए। (रासस/एएफपी)