Skip This
बाढीपहिरोपीडितलाई ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २० आइतबार
  • Sunday, 06 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज २० आइतबार १९:५५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

बाढीपहिरोपीडितलाई ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज २० आइतबार १९:५५:oo

बाढीपहिरो तथा डुबानपीडितलाई सहयोग गर्न ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच करोड रुपैयाँ जम्मा गरेको छ।

ग्लोबल आइएमई बैंकका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री केपी ओलीलाई आइतबार सहयोग रकमको चेक हस्तान्तरण गरे।

कोषमा ग्लोबल आइएमई बैंक लिमिटेडको चार करोड ५० लाख, आइएमई लिमिटेडको २० लाख, आइजिआई प्रुडेन्सिएल इन्स्योरेन्सको १५ लाख र आइएमई लाइफको १५ लाख गरी कुल पाँच करोड रुपैयाँ हस्तान्तरण गरिएको छ। 

बाढीपहिरो र डुबानका कारण मुलुकका विभिन्न स्थानमा आएको प्राकृतिक विपत्तिमा रहेका नागरिकहरूको राहत र उद्धारका लागि सरकारसँग हातेमालो गर्दै उक्त सहायता प्रदान गरिएको बैंकका अध्यक्ष ढकालले बताए।

चेक हस्तान्तरण कार्यक्रममा आइएमई लिमिटेडका अध्यक्ष तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, आइजिआई प्रुडेन्सिएल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ, ग्लोबल आइएमई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमई लाइफका निमित्त प्रमुख कार्यकारी अधिकृत दिनेश अमात्यलगायतको उपस्थिति थियो।