Skip This
पचरौताका १४ सय विपन्न परिवारलाई ग्यास सिलिन्डर र चुलो वितरण
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २० आइतबार
  • Sunday, 06 October, 2024
२o८१ असोज २० आइतबार १८:o९:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

पचरौताका १४ सय विपन्न परिवारलाई ग्यास सिलिन्डर र चुलो वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज २० आइतबार १८:o९:oo

बाराको पचरौता नगरपालिकाले पालिकाभित्रका एक हजार ४५० विपन्न परिवारलाई निःशुल्क ग्यास सिलिन्डर र चुलो वितरण गरेको छ।

नगरप्रमुख जलन्धरसिंह जैसवारले आफ्नो चुनावी प्रतिबद्धताअनुरूप विपन्न नगरवासीलाई ग्यास सिलिन्डर र चुलो वितरण गरेका हुन्।

यसअघि निर्वाचित भएका पचरौता नगरपालिकाका जनप्रतिनिधिले करिब पाँच हजार ६ सय परिवारलाई ग्यास वितरण गर्दा छुटेका १४ सय ५० विपन्न परिवारलाई आइतबार ग्यास सिलिन्डर र ग्यास चुलो वितरण गरिएको हो।

पर्यावरणलाई स्वच्छ तथा गृहणीलाई भान्साको धुँवाका कारण हुने स्वास्थ्य समस्या नआओस् भनेर एलपिजी ग्यास वितरण गरिएको पचरौता नगरपालिका–५ का वडाध्यक्ष लक्ष्मी यादवले बताए।

पचरौता नगर क्षेत्रलाई धुवाँमुक्त नगर बनाउने उद्देश्यले निःशुल्क ग्यास सिलिन्डर र चुलो वितरण अभियान सुरु गरिएको नगरप्रमुख जलन्धरसिंह जैसवारले बताए।

नगरपालिकामा ग्यास लिन छुटेका परिवारलाई पनि ग्यास र चुलो वितरण गर्ने नगरप्रमुख जैसवारले बताए।