१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १५ मंगलबार
  • Tuesday, 01 October, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ असोज १५ मंगलबार o६:३१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बुद्ध एयरमा ८% छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ असोज १५ मंगलबार o६:३१:oo

ग्लोबल आइएमई बैंकका ग्राहक तथा उनीहरूका परिवारले बुद्ध एयरको टिकट खरिदमा छुट पाउनेछन् । छुटसम्बन्धी समझदारीमा बैंकका नायव महाप्रबन्धक तथा बागमती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र बुद्ध एयरका मार्केटिङ सेल्स डाइरेक्टर रुपेश जोशीले हस्ताक्षर गरेका छन् । 

सम्झौताअनुसार बैंकका डेबिट, क्रेडिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले बुद्ध एयरको टिकटको खरिदमा आठ प्रतिशत छुट पाउने भएका हुन् । यो छुट लिन बुद्ध एयरको काउन्टरबाट टिकट खरिद गरी बैंकको ग्लोबल स्मार्ट प्लसमार्फत क्युआर कोड स्क्यान गरी भुक्तानी गर्नुपर्नेछ । 

बैंकले देशभरका ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सनबाट वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।