१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १५ मंगलबार
  • Tuesday, 01 October, 2024
नयाँ पत्रिका मकवानपुर
२o८१ असोज १५ मंगलबार o७:३२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बागमती सरकारले ज्यान गुमाएकाको परिवारलाई एक लाख दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, मकवानपुर
नयाँ पत्रिका
२o८१ असोज १५ मंगलबार o७:३२:oo

बागमती प्रदेश सरकारले मनसुनजन्य विपत्का कारण ज्यान गुमाएका प्रदेशका १३ जिल्लाका व्यक्तिको परिवारलाई एक लाख रुपैयाँ दिने भएको छ । सोमबार हेटौँडामा बसेको बागमती प्रदेश विपत् व्यवस्थापन कार्यकारी समितिको बैठकले मृतकका परिवारलाई उपलब्ध गराउने गरी प्रदेश विपत् व्यवस्थापन कोषबाट जिल्ला विपत् व्यवस्थापन कोषमा रकम निकासा गर्ने निर्णय गरेको प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

प्रदेश सरकारले प्रदेशको विपत् प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाका लागि दुई करोड ३० लाख रकम प्रदान गर्ने भएको छ । यसका लागि प्रदेश सरकारले सबैभन्दा बढी क्षति भएको काभ्रेका लागि ६० लाख, धादिङका लागि ५० लाख, ललितपुरका लागि ३० लाख, काठमाडौं र सिन्धुपाल्चोकका लागि २०–२० लाख तथा दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर र भक्तपुर जिल्लालाई १०–१० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

प्रदेशका १३ जिल्लाका विपत् व्यवस्थापन कोषमा पाँच–पाँच लाखका दरले प्रदेश विपत् व्यवस्थापन कोषबाट ६५ लाख रुपैयाँ उपलब्ध गराउने मन्त्री लामिछानेले बताए । उनले संघीय सरकारसँगको समन्वय र स्थानीय सरकारसँगको सहकार्यमा पीडितलाई थप राहतको व्यवस्थापन गरिने पनि बताए ।