१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १५ मंगलबार
  • Tuesday, 01 October, 2024
ललितपुरविरुद्ध सट प्रहार गर्दै काठमाडौं स्पाइकर्सकी खेलाडी (कालो)
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज १५ मंगलबार o७:२१:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एभरेस्ट महिला भलिबल लिग : कर्णाली र ललितपुरको विजयी सुरुवात

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज १५ मंगलबार o७:२१:oo

कर्णाली यसभिस र ललितपुर क्विन्सले पहिलो संस्करणको एभरेस्ट महिला भलिबल लिग सानदार जित निकालेका छन् । त्रिपुरेश्वरस्थित कभर्डहलमा सोमबार विदेशी खेलाडीको साथ पाएका कर्णाली र ललितपुरले आ–आफ्ना पहिलो खेलमा बाजी मारेका हुन् । ललितपुरले काठमाडौं स्पाइकर्सविरुद्ध ३–१ को जित निकालेको हो । 

लिबेरो सलिना श्रेष्ठ मार्की रहेको ललितपुरले २५–२९, २१–२५, २५–२१ र २५–१९ ले विजयी रह्यो । पहिलो सेट २५–२९ ले आफ्नो पक्षमा पारेको ललितपुरले दोस्रो सेट २१–२५ ले गुमायो । उषा भण्डारी मार्की रहेको काठमाडौंविरुद्ध ललितपुरले लगातार दुई सेट २५–२१ र २५–१९ ले आफ्नो पक्षमा पार्दै ३ अंक जोड्यो ।

तेस्रो सेटमा काठमाडौं र ललितपुरका खेलाडी घाइते भएका थिए । काठमाडौंकी लिबेरो रश्मिता दुरा घाइते भएपछि कोपिला रानाले खेलिन् । ललितपुरकी थाई स्पाइकर सुत्दाता पनि घाइते भइन् । उनले त्यसपछि खेलमा निरन्तरता दिन सकिनन् । लिगको मंगलबार काठमाडौंले कर्णाली यसभिसविरुद्ध खेल्नेछ । 

सुमित्राको सानदार प्रदर्शन
मिडब्लकर तथा मार्की सुमित्रा रेग्मीको सानदार प्रदर्शनमा कर्णालीले मधेश युनाइटेडलाई ३–१ सेटमा हराएको छ । कुमार राईको प्रशिक्षणमा रहेको कर्णालीले मधेशविरुद्ध २५–१५, २५–२०, २६–२८ र २५–११ को जित निकालेको हो । पहिलो सेटमा टोली २५–११ ले विजयी हुँदा कर्णाली दोस्रो सेटमा २५–२० ले अगाडि रह्यो । प्रतिस्पर्धात्मक तेस्रो सेट निरुता ठगुन्ना मार्की रहेको मधेशले २८–२६ ले जित्यो । तेस्रो सेटमा पुनरागमन गरेको मधेशले चौथो सेटमा चुनौती दिने अपेक्षा थियो । 

अनुभवी प्रशिक्षक राईको रणनीतिमा मधेश चौथो सेटमा फर्कन मौका नै पाएन । कर्णाले मधेशमाथि दबाब राखी २५–११ को जित निकाल्दै महत्वपूर्ण तीन अंक बटुल्यो । १९ असोजसम्म चल्ने महिला लिगमा मधेश युनाइटेड, काठमाडौं स्पाइकर्स, चितवन शक्ति, ललितपुर क्विन्स, गण्डकी थन्डर्स र टिम कर्णाली यसभिसले प्रतिस्पर्धा गर्नेछन् ।