१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १५ मंगलबार
  • Tuesday, 01 October, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज १५ मंगलबार o७:१७:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

उद्योग वाणिज्य महासंघको व्यापार समितिका सदस्य चन्द्र थापालाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज १५ मंगलबार o७:१७:oo

अहिलेको विपत्तिमा दैनिक उपभोग्य वस्तुको कृत्रिम मूल्यवृद्धि हुनु गलत भएन ?
अवश्य पनि यो गलत हो । यस्तो महाविपत्तिमा खाद्यान्न, तरकारी, फलफूललगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढ्नु नितान्त चिन्ताजनक विषय हो । अहिले खासगरी उत्पादक र थोक विक्रेताले आफूखुसी मूल्य बढाइरहेका छन् । त्यसैले, यस विषयमा सरकारले कडाभन्दा कडा नियमन गरी मूल्यवृद्धि नियन्त्रणका लागि तत्काल कदम चाल्नुपर्छ ।

चाडपर्वका वेला सरकारले छुट दिने तर निजी क्षेत्रले भने मूल्य बढाउने, यो कस्तो विडम्बना हो ?
म यसमा पनि सहमत छु । अहिले सरकारका तर्फबाट सहुलियत मूल्य पसल सञ्चालन भएका छन् र त्यहाँ साबिकको बजारमूल्यभन्दा छुट रकममा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु बिक्री भइरहेका छन् । सरकारले सक्ने काम निजी क्षेत्रले पनि आँट्नुपर्छ । सबै व्यवसायीले मूल्यमा सहुलियत दिने घोषणा गर्नुपर्छ । यति गर्न सकिन्न भने साबिकको भन्दा मूल्यवृद्धि गर्न त कुनै हालतमा मिल्दैन । 

यसरी विपत्को मौका छोपेर गरिएको मूल्यवृद्धिलाई कसरी नियन्त्रण गर्न सकिएला त ?
निजी क्षेत्रले बजारमा मागअनुसार आपूर्ति परिमाण बढाउने प्रयास गरिरहेको छ । ढुवानीमा सहजता आउनासाथ माग र आपूर्तिको तालमेल मिलिहाल्छ । त्यसपछि मूल्यवृद्धिलाई नियन्त्रण गर्न सजिलो हुन्छ । अर्कातिर, सरकारी निकायले पनि व्यवसायमैत्री भएर अनुगमनलाई तीव्रता दिन र कमी कमजोरी पाइएमा कानुनअुनसार सजाय गर्न जरुरी छ ।