१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १२ शनिबार
  • Saturday, 28 September, 2024
२o८१ असोज १२ शनिबार १o:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हेवाखोलाको पुल बगायो, मेची राजमार्ग अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १२ शनिबार १o:२८:oo

 मेची राजमार्गमा पर्ने पाँचथरको हेवाखोलामा रहेको पुल बाढीले बगाउँदा मेची राजमार्ग अवरुद्ध भएको छ । सदरमुकाम फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने बेलीबृज शनिबार बिहान ७ बजे तीर बाढीले बगाएको पाँचथरका प्रहरी सूचना अधिकारी रुपेश तामाङले बताए ।

हेबा खोलाको पुल बाढीले बगाएपछि मेची राजमार्ग अवरुद्ध भएको छ । मनसुनको प्रभावले पूर्वी पहाडी जिल्लामा केहीदिनदेखि अविरल वर्षा भइरहेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बाढीले अहिलेसम्म तीन जानको मृत्यु भएको छ भने पाँचजना बेपत्ता भएका छन् । उनीहरूको खोजी सुरू भएको प्रहरीले बताएको छ । 

उनका अनुसार बेपत्ताको संख्या अझै बढ्न सक्ने अनुमान छ । अविरल वर्षाले हराइरहेका मानिसको खोजिकार्य गर्न समस्या भएको छ ।