१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ६ आइतबार
  • Sunday, 22 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ६ आइतबार o७:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

दोषी देखिए धनराज जेल जानुहुन्छ : शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ६ आइतबार o७:o३:oo

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सहकारी प्रकरणमा उपसभापति धनराज गुरुङमाथिको छानबिनलाई पार्टीले कुनै पनि रूपमा प्रभावित नगर्ने बताएका छन् । झापा–काठमाडौं सम्पर्क समितिको कार्यक्रमलाई शनिबार उनले सहकारी प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्ने बताए ।

संसदीय समितिको निष्कर्ष र सिआइबीको अनुसन्धानको विषयलाई संकेत गर्दै उनले निष्पक्ष छानबिनबाट टुंगो लाग्नुपर्ने बताए । ‘हाम्रो उपसभापतिमाथि छानबिन प्रक्रिया सुरु भएको छ । सिआइबीले छानबिन गरिरहेको छ । कांग्रेसले दबाब दिँदैन । धनराज गुरुङ छानबिनबाट निर्दोष देखिनुुहुन्छ भने माला लगाएर कांग्रेसको नेतृत्वमा अगाडि जानुहुन्छ । दोषी देखिनुहुन्छ भने जेल जानुहुन्छ,’ शर्माले भने । 

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले देश विकासको नेतृत्व कांग्रेसबाहेकको पार्टीले गर्न नसक्ने जिकिर गरे । उनले कांग्रेसले एमाले या माओवादी जोसँग सहकार्य गरे पनि कम्युनिस्टबाट देश नबन्ने ठोकुवा गरे । ‘यो भ्रममा म छैन, हामीले माओवादी र एमालेसँगको सहकार्यको अनुभवबाट ठोकुवा गरेर भन्न सकिन्छ । उहाँहरूले देखाएको बाटोमा देश सफल बन्दैन । हामीले देखाएको बाटोमा उहाँहरूलाई हिँडाउन सकेको अवस्थामा मात्रै नेपाल बन्छ । निरन्तर उहाँहरूलाई बाटो देखाउन हामी तयार हुनुपर्छ । यो देश बनाउने कांग्रेस मात्रै हो,’ उनले भने ।

नेता सिटौलाले झापाबाट मुलुकको नेतृत्वमा प्रधानमन्त्री, सभामुख र केन्द्रीय मन्त्री रहे पनि अपेक्षाकृत फाइदा हुन नसकेको बताए । ‘झापाका प्रधानमन्त्री एमालेको हुनुहुन्छ । सभामुख र मुख्यमन्त्री एमालेको हुनुहुन्छ । भौतिक पूर्वाधारमन्त्री पनि एमालेको हुनुहुन्छ । हाम्रो पार्टीको पावर भनेको महामन्त्री संगठनको हिसाबले हुनुहुन्छ । एउटा प्रदेशको राज्यमन्त्री बन्नुभएको छ । झट्ट हेर्दा त देशकै पावर झापामा एमालेसँग छ,’ सिटौलाले भने ।