१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ४ शुक्रबार
  • Friday, 20 September, 2024
२o८१ असोज ४ शुक्रबार १३:५८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘अस्पतालको समयमा चिकित्सक बाहिर जान नपाउने’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ४ शुक्रबार १३:५८:oo

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा काम गर्ने समयमा चिकित्सकहरू निजी अस्पतालमा जान नपाउने बताएका छन्। शुक्रबार पत्रकारसँग कुरा गर्दै उनले भने, ‘सरकारी अस्पतालमा काम गर्ने समयमा उनीहरू उपलब्ध हुनुपर्छ ।’

मन्त्रालयले केही दिनअघि जारी गरेको निर्देशिका अस्पताल र विभागमा कार्यान्वयनको चरणमा रहेको उनले जानकारी दिए। निर्देशिका कार्यान्वयन भइरहेकाले कतिपय समस्या देखिएको र ती समस्या छिट्टै समाधान हुने उनले बताए।  स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गरी व्यवस्थित गर्न सरकार अघि बढेको मन्त्री पौडेलको भनाइ छ । 

स्वास्थ्य क्षेत्रको प्रगति हिजोको आजै नदेखिने भएकाले क्रमिक सुधारको बाटोमा लैजाने प्रतिबद्धता उनले जनाए। मन्त्री पौडेलले भने, ‘स्वास्थ्य सेवा प्रभावकारी, बिमालाई व्यवस्थित, औषधिको मूल्य समायोजनलगायतका थुप्रै काम सुरु गरेका छौँ, ती कार्यान्वयन हुँदै जान्छन् ।’

मन्त्री पौडेलले स्वास्थ्य बिमालाई  पाँच लाख रुपैयाँ बनाउने मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषदबाट पास भएर कार्यान्वयनमा जाने तयारीमा रहेको जानकारी दिए । उनले भने, ‘हाम्रो प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकार गर्छ र प्रस्ताव स्वीकार भएलगत्तै पाँच लाखको बिमा कार्यान्वयन हुन्छ ।’