१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ४ शुक्रबार
  • Friday, 20 September, 2024
२o८१ असोज ४ शुक्रबार १२:४६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

राहुघाट जलविद्युत् आयोजना अन्तिम चरणमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ४ शुक्रबार १२:४६:oo

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ८० प्रतिशत काम सम्पन्न भएको छ । संघीय सरकार तथा प्राधिकरणको लगानी र निर्यात आयात (एक्जिम) बैंक, भारतको लाइन अफ क्रेडिटबाट प्राप्त सहुलियतपूर्ण ऋणमा म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन आयोजना आगामी असारभित्र सम्पन्न गर्ने गरी काम भइरहेको छ । 

आयोजनाको ६.२ किलोमिटर लामो सुरुङ सम्पन्न भई ‘कंक्रिट’ ‘लाइनिङ’को काम तीव्र गतिमा भइरहेको आयोजना कार्यालयले जनाएको छ । कमजोर भौगर्भिक अवस्था रहेकाले सुरुङलाई पूर्ण रूपमा कंक्रिट लाइनिङ गर्नुपर्नेछ।हालसम्म मुख्य सुरुङको एक किलाेमिटर कंक्रिट लाइनिङ गरिएको आयोजनाको प्रवर्द्धक र्धक कम्पनीका प्रबन्ध सञ्चालक गणेश केसीले बताए । 

मुख्य सुरुङबाट विद्युतगृहसम्म पानी पुर्‍याउन राखिने एक हजार ५० मिटर पेनस्टक पाइपमध्ये १३० मिटर जडान गरिएको छ । विद्युतगृहको मुख्य सिभिल संरचनाको निर्माण सम्पन्न गरी टर्वाइन, जेनेरेटरलगायत इलेक्ट्रोमेकानिकल उपकरणहरू जडान भइरहेका छन् । विद्युत् उत्पादनका लागि २०–२० मेगावाटका दुईवटा युनिट रहने आयोजना कार्यालयले जनाएको छ ।

खोलाको नदी फर्काउन आवश्यक बाँधको सिभिल संरचना निर्माण सम्पन्न भएको छ । बाँधमा रहने गेटलगायत उपकरण आयोजनास्थलमा ढुवानी भइसकेका छन्। अब जडान सुरु हुनेछ। बालुवा थिग्य्राउने पोखरी (डिसेन्टर)को निर्माण करिब ३० प्रतिशत सकिएको जनाउँदै कसीले वर्षाका कारण रोकिएको हेडवर्क्सको निर्माण सुरु हुने बताए । 

प्राधिकरणका कार्यकारी निर्देशक एवं रघुगंगा हाइड्रोपावर लिमिटेडका सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङले बिहीबार निर्माणस्थलको अनुगमन गरी निर्माणमा संलग्न आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीसँग छलफल गरेका थिए । 

 कार्यकारी निर्देशक घिसिङले विभिन्न समस्या झेल्दै आएको आयोजना आगामी असारभित्र जुनसुकै अवस्थामा निर्माण सम्पन्न गर्ने गरी एकीकृत तालिका बनाएर काम भइरहेको जानकारी दिए ।