Skip This
जंगलमा चितुवा खोज्दै हात्ती
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ४ शुक्रबार
  • Friday, 20 September, 2024
२o८१ असोज ४ शुक्रबार o७:५३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

जंगलमा चितुवा खोज्दै हात्ती

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ४ शुक्रबार o७:५३:oo

२६ महिनाकी बालिकालाई चितुवाले खाएपछि दुईवटा हात्तीसहित विज्ञ टोली परिचालन

१ असोज (मंगलबार) बेलुकी ८ बज्नै लागेको थियो । खजुरा गाउँपालिका– ६ सिमलघारीका सीता पुनको परिवार खाना खाएर सुत्ने तर्खर गर्दै थियो । सीता आफूसँगै दुई छोरा, एक छोरी र सासूलाई खाना खुवाएर भान्सा कोठाको सामान मिलाउन लागिन् । छोरीलाई खसीका लागि बासी रोटी दिन भनेर उनी भने ताला लगाउन लागिन् । रोटी लिएर २६ महिनाकी छोरी लक्ष्मी खसी भएको ठाउँमा जाँदै गर्दा उनलाई चितुवाले लिएर गयो । 

ताला लगाएर आउँदा उनले छोरीलाई देखिनन् । हतारहतार छोरीलाई खोजिन्, तर कतै फेला पारिनन् । आफ्नो ठुलोबुबाको घरमा गएको आशंकामा त्यहाँ पनि पुगिन् । खोजीका लागि हारगुहार गरिन् । छिमेकमा समेत फेला नपरेपछि उनको मनमा चिसो पस्यो । गाउँलेको सहयोगमा धान खेतमा खोज्दा चितुवाको पाइला र रगतको टाटा फेला पर्‍यो । गाउँघरका सबै मिलेर अबेर रातसम्म खोजतलास गरे, तर फेला पार्न सकेनन् । 

सीताको घरदेखि करिब पाँच सय मिटर पश्चिममा गिजरा सामुदायिक वन छ । बुधबार गाउँले र प्रहरी मिलेर सामुदायिक वनमा खोजतलास गर्दा चितुवाले खाएको अवस्थामा बालिकाको टाउको र खुट्टाको केही भाग मात्र फेला पर्‍यो । बालिकालाई चितुवाले खाएको पुष्टि भयो । ‘छोरीलाई रोटी र हजुरआमासँग कोठामा जाऊ भनेर भान्सा कोठामा ताला लगाउन थालेँ । तीन–चार मिनेटमै छोरीलाई चितुवाले लिएर गयो,’ सीताले भनिन् ।

२६ महिनाकी बालिकालाई चितुवाले खाएको पुष्टि भएपछि नियन्त्रणको प्रयास गरिएको छ । बाँके प्रशासन, प्रहरी र खजुरा गाउँपालिकाको अनुरोधमा सामुदायिक वनभित्र दुईवटा हात्तीसहित विज्ञ टोली परिचालन गरिएको छ । समय अभावका कारण बुधबार केही समय हात्तीमार्फत चितुवाको खोजतलास गरिए पनि बिहीबार दिनभर खोजिएको खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विकले बताए ।

उनले बालिकालाई खाने चितुवा नियन्त्रणमा लिन हरसम्भवको प्रयास गरिएको बताए । ‘दुईवटा हात्तीमार्फत चितुवा खोज्ने काम जारी छ । बुधबार र बिहीबार चितुवाको वासस्थान र हिँड्ने बाटोको पहिचान गरिएको छ,’ उनले भने, ‘चितुवालाई नियन्त्रणमा लिन दुईवटा अत्याधुनिक पासोको व्यवस्था गरेका छौँ । नियन्त्रणमा लिन सकिन्छ कि भन्ने आशा जागेको छ ।’