१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ४ शुक्रबार
  • Friday, 20 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज ४ शुक्रबार o९:३७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हातमा चिराक लिएर काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह पुलुकिसी नृत्यमा पथप्रदर्शक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज ४ शुक्रबार o९:३७:oo

यँयाः (इन्द्रजात्रा)का अवसरमा प्रदर्शन गरिने देवगणसँग सम्बन्धित तथा जात्रा मनाउनुको किंवदन्तीसँग सम्बन्धित परम्परागत नृत्यलाई काठमाडौं महानगरपालिकाले यस वर्षदेखि पूजासहित प्रदर्शन परम्पराको थालनी गरेको छ।

यस क्रममा काठमाडौं महानगरपालिकाले आज सव: भकु, पुलुकिसी, मजिपा लाखे र महाकाली नृत्य प्रदर्शन आयोजना गर्‍यो। कार्यक्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले हातमा चिराक लिएर पुलुकिसीको पथ प्रदर्शकका रूपमा  सहभागिता जनाए। 

कार्यक्रम यँया ११४४ महानगर विशेष कार्यक्रम सञ्चालन मूल समारोह समितिले आयोजना गरेको थियो। प्रमुख शाहसँग पुलुकिसी नृत्यमा प्रवक्ता नवीन मानन्धर र मूल समारोह समितिका संयोजक आशामान संगत सहभागी भएका थिए। 

यस अवसरमा उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरूलाई आमन्त्रण गरिएको थियो। नृत्य अवलोकनका लागि महानगरपालिकाका नगर सभा सदस्यहरू, कर्मचारीहरू, परम्परागत नृत्यका गुठियारहरू र जनसाधारणको बाक्लो उपस्थिति थियो ।