१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ४ शुक्रबार
  • Friday, 20 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ४ शुक्रबार १२:३१:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

आइसिसी सिड्नी थिएटरमा गुन्जिँदै १९७४ एडी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ४ शुक्रबार १२:३१:oo

१९७४ एडी ब्यान्ड यतिवेला आफ्नो स्थापनाको ३० वर्ष मनाइरहेको छ। त्यही उपलक्षमा यसको विश्व सांगीतिक यात्रा चलिरहेको छ। जर्मनी र युकेमा प्रस्तुति दिएपछि ब्यान्ड यतिवेला अस्ट्रेलियाका विभिन्न सहरहरूमा कन्सर्ट गरिरहेको छ।

ब्रिसबेन, पर्थ, मेलबर्न, एडिलेड, होबर्ट र क्यानबेरामा कन्सर्ट भइसकेका छन्। ती सबै यात्रामा फ्यानहरूलाई भेट्नु उनीहरूलाई विशेष थियो नै, तर यसपटक सिड्नीमा हुन लागिरहेको कन्सर्ट १९७४ एडीका लागि मात्र नभएर समग्र नेपाली संगीतकै लागि ऐतिहासिक हुँदै छ।

उनीहरूले सेप्टेम्बर २१ मा बजाउन लागेको ठाउँ आइसिसी सिड्नी थिएटरमा पहिलोपटक नेपाली सांगीतिक ब्यान्डले प्रस्तुति दिन लागेको हो। करिब नाै हजार दर्शक क्षमताको भए पनि उक्त हलको आधा मात्र लिएको आयोजक रोटेपिङ इन्टरटेन्टमेन्टले जनाएको छ। उनीहरूका अनुसार ब्यान्डको प्रस्तुति दौरान थिएटरमा ५५०० दर्शक हुनेछन्।

पूर्वअस्ट्रेलियाली राजदूत पनि दर्शकदीर्घामा
ब्यान्डको यसपटकको अस्ट्रेलिया कन्सर्टमा नेपालका लागि पूर्वअस्ट्रेलियाली राजदूत फेलिसिटी भोल्क दर्शक भएर सहभागी भइरहेकी छिन्। सेप्टेम्बर १९ मा क्यानबेरामा भएको कन्सर्टमा त उनी स्टेज चढेर नेपालको झन्डा फरफराइरहेकी थिइन्। उनले १९७४ एडीको टिसर्ट पनि लगाएकी थिइन्।

उनी स्टेजमा चढ्नु केवल संयोग मात्र होइन। उनले ब्यान्डको पछिल्लो एउटा गीतमा स्वर पनि दिएकी छिन्। ‘दिलले हैन जातले’ बोलको त्यो गीतको कोरस खण्डमा उनको स्वर सुन्न पाइन्छ। त्यो गीत आधिकारिक रूपमा सार्वजनिक हुन बाँकी भए पनि ब्यान्डले प्रस्तुतिहरूमा भने गाउने गरेको छ।